काठमाडौं, फागुन २४ । सरकारले ‘अन्तर्राष्ट्रिय नारी दिवस’ को अवसरमा मार्च–८ अर्थात आइतबार गर्ने सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पत्रकार सम्मेलन गरी ‘हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरसलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जनाएको छ।
बृहत भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रम नगर्ने’ मन्त्रीपरिषद बैठकको फागुन २० गतेको निर्णय अनुसार नारी दिवसको औपचारिक कार्यक्रम पनि स्थगित गर्ने निर्णय गरिएको मन्त्री पार्वत गुरुङले बताए।
कार्यक्रममा संघीय संसदको महिला तथा सामाजिक विकास समिति सभापति निरुदेवी पालले महिला र पुरुष श्रमिकको समान ज्याला दिने व्यवस्था गर्न सरकारलाई सचेत गराइन्।
Facebook Comments

























