काठमाडौं, फागुन २३ । एसीसी इस्टर्न रिजन टि-२० प्रतियोगितामा अन्तर्गत पहिलो खेलमा नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ।
मैदान गिलो भएको कारण रद्ध भएको एसीसीले जनाएको छ। योसँगै नेपालको इस्टर्न रिजनमा यात्रा पनि सकिएको छ। नेपाल ४ खेलमा २ मा हार, १ मा जित र १ मा रद्दका साथ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिन पुग्यो।
नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई ९ विकेटले हराएको थियो। सिंगापुरले मलेसियालाई १ सय २८ रन, थाईल्यान्डलाई ४३ रन र हङकङलाई १६ रनले पराजित गरेको थियो। योसँगै सिंगापुरले इस्टर्न रिजनको उपाधि जितेको छ। सिंगापुर ४ खेलमा ३ मा जित र १ मा रद्ध सहित ७ अंकका साथ च्याम्पियन बनेको हो।
आजको दोस्रो खेलमा हङकङ र मलेसिया भिड्दै छन्। दुबैको ३ खेलमा समान २ मा जित र १ मा हार सहित ४ अंक छ। विजेता टोली दोस्रो स्थानमा रहँदै आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटमा स्थान बनाउने छ।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











