सर्लाही, फागुन २२ । सर्लाहीको मलङ्गवा नगरपालिका-४ बाट कोडैना गाउँपालिका-४ बस्ने २५ वर्षीय सशीभूषण पटेललाई विभिन्न लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।
डाइजेल्याब १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र फेनरागन १ सय एम्पुलसहित बुधबार साँझ पटेललाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मलङ्गवाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश २, ना ५ ख ४०७३ नम्बरको बस जाँच गर्दा बसमा सवार पटेललाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ।
Facebook Comments


























