चितवन, फागुन २१ । आजदेखि पूर्वी चितवनको राप्ती नगरपालिका-१ महादेवटारमा सुरु हुने भनिएको प्रथम परेवाकोट कृषि तथा पर्यटन महोत्सव २०७६ स्थगित भएको छ। कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले सबै मेला महोत्सव, सभासम्मेलन नगर्न आह्वान गरेपछि आयोजकले तत्कालका लागि महोत्सव स्थगित गरेको हो।
महोत्सव मुल आयोजक समितिले एक विज्ञप्ती जारी गर्दै स्थानीय सरकार राप्ती नगरपालिका र जिल्ला प्रशासन कार्यालयसंगको छिट्टै छलफल पछि महोत्सवको नयाँ मिति समेत सार्वजनिक गरिने जनाएको छ। महोत्सव आजदेखि सुरु भएर चैत १ गते समापन हुँदै थियो।
महोत्सव स्थल राप्ती नगरपालिका १ महादेवटार खेलकुद मैदानमा भव्य तयारी गरिएको थियो । महोत्सव परेवाश्वरी सामुदायिक वन उपभोक्ता समूह लोथर, युवा जागृति क्लव लोथर, लोथर उपभोक्ता समिति र बुलबुल इन्टरटेनमेण्ट एण्ड मिडिया प्रा.लि.को आयोजनामा हुन लागेको थियो ।



























