काभ्रे, फागुन २१ । काभ्रेको कोशीपारीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। रामेछापको गुराँसेबाट काठमाडौं आउँदै गरेको बा ४ ख ७१०२ नम्बरको बस काभ्रे जिल्लाको चौरीदेउरालीमा दुर्घटना भएको हो।
बसले साइड दिने क्रममा बस दुर्घटनामा परेको स्थानियले जानकारी दिएका छन्। घाइतेहरुमध्ये गम्भीर ६ जनालाई धुलिखेल अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।
अहिले स्थानीय प्रहरी उद्धार कार्यमा जुटिरहेको भइएरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जानकारी दिएको छ। उद्धार जारी रहेकोले घाइते थपिन सक्ने प्रहरीले बताए।
Facebook Comments

























