मुम्बई, फागुन २१ । बलिउडका स्टाइलिस अभिनेता ऋतिक रोशकले कैयन् हिट फिल्म दिएका छन्। उनका पछिल्ला दुई फिल्म ‘वार’ र ‘सुपर ३०’ ले पनि राम्रो चर्चा कमाए।
यतिबेला चर्चा चलेको छ, यी अभिनेताले अब हलिउड फिल्ममा काम गर्दैछन्।
भारतीय मिडियाका अनुसार अमेरिकाको एक एजेन्सीले हलिउड प्रोजेक्टका लागि ऋतिकको म्यानेजरसँग कुरा गरेका छन्। यसमा ऋतिकले पनि चासो देखाएका छन्।
यद्यपि यो खबरमा कति सत्यता छ भन्नेमा ऋतिकले कुनै पुष्टि गरेका छैनन्।
रिपोर्टसका अनुसार ऋतिककी म्यानेजर अमृता सेनले भनिन्, ‘ऋतिक सधै मेहनतका साथ काम गरिरहन्छन्, पछिल्लो २० वर्षमा उनले भारतीय फिल्मलाई नयाँ उचाइमा पुर्याएका छन्।’
अमृताको संकेत अनुसार ऋतिकले छिट्टै नै हलिउड फिल्ममा काम गर्न सक्नेछन्। यतिबेला भने उनी आफ्नो सुपरहिरो फिल्म ‘कृष ४’ मा व्यस्त छन्।
Facebook Comments

























