काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले मिर्गौला प्रत्यारोपण जारी रहेको छ।
त्रिवि शिक्षण अस्पताल टिचिङमा डा.प्रेमराज ज्ञवालीसहितको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिरहेको हो।
अप्रेशनका लागि प्रधानमन्त्री ओलीलाई १० बजे ‘अप्रेसन थिएटर’ मा लगिएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिकित्सकलाई उदृत गर्दै सञ्चारकर्मीलाई बताए अनुसार अप्रेसन ४ बजे सकिने छ।
Facebook Comments

























