ब्राजिल, फागुन २१ । भीषण वर्षा र त्यसपछि गएको पहिरोका कारण ब्राजिलमा कम्तिमा २३ जनाको ज्यान गएको छ। अरु ३० जना बेपत्ता रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
ब्राजिलको साओ पाउलो र रियो दी जेनेरियोका तटीय क्षेत्रमा वर्षा तथा पहिरोले ठूलो क्षति गरेको समाचार संस्था रोयटर्सले जनाएको छ। बेपत्ताहरुका खोजीमा उद्धारकर्मी लागेका छन्। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ।
साओ पाउलो पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएको छ। सो राज्यमा कम्तिमा १८ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा एक आमा र उनको सन्तान तथा दुई उद्धारकर्मी पनि छन्।
Facebook Comments

























