काठमाडौं, फागुन २१ । बलर भुवन कार्कीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।
थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटको तेस्रो खेलमा आयोजकविरुद्ध मैदान उत्रदै भुवनले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन्।
लामो समयबाट टिम बाहिर रहदै आएका भुवनले यसै प्रतियोगिताका लागि टिममा पर्दै राष्ट्रिय टिममा पुनरागमन गरेका थिए।
भुवन सन् २०१५ पछि पहिलो पटक टिममा परेका हुन्। भुवनले पछिल्लो पटक नामिबियामा भएको आईसीसी डिभिजन-२ खेलेका थिए।
Facebook Comments


























