बेलायत, फागुन १९ । म्यानचेस्टर सिटीले लिग कपको उपाधि हात पारेको छ। आइतबार राति एस्टन भिल्लालाई २–१ ले पराजित गर्दै सिटीले लिगकप जितेको हो।
सिटीले लिगकप जितेको यो लगातार तेस्रो वर्ष हो। यस्तै उसले पछिल्लो पाँच वर्षमा यो उपाधि जितेको चौथो पल्ट हो।
वेम्बलीमा भएको खेलमा सिटीका लागि सर्जियो एगुरो र रोड्रिगोले एक एक गोल गरे। एमबवाना समाटाले भिल्लाका लागि एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन।
Facebook Comments


























