काठमाडौं, फागुन १८। साओमी, ग्लोबल टेक्नोलोजी लिडरले रेडमी ए सिरिजको औरा एक्सग्रिप डिजाइन र डुअल रियर क्यामेरा भएको ‘रेडमी ८ ए डुअल’ नेपालमा सार्वजनिक गरेको छ।
रेडमी ए सिरिजलाई उत्कृष्ट बनाउँदै पहिलोपटक रेडमी ८ ए डुअलमा डुअल क्यामेरा राखिएको छ। यसमा १३ एमपी प्राइमरी सेन्सर छ। हार्डवेयरमा साओमीको एआई सिन डिटेक्सन र एआई पोट्रेट मोड छ। यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेरा रहेको कम्पनीले जनाएको छ।
औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगर प्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम रहेको कम्पनीले जनाएको छ।
६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ ए डुअलमा १९ः९ एसपेक्ट रेसियो छ। यसमा ५००० एमएएच उच्च क्षमताको ब्याट्रीका साथ १८ वाट फास्ट चार्जिङ (१० वाट चार्जर इनसाइड बक्स) रहेको जनाइएको छ। यसले टाइप–सी पोर्टका साथ रिभर्स चार्जिङ सर्पोट गर्छ। पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ।
३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डुअल सिम स्लट रहेको कम्पनीले जनाएको छ। डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२ जीबीसम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्ने जनाइएको छ।
रेडमी ८ ए डुअल सी ब्लु, स्काई ह्वाइट र मिडनाइट ग्रे कलरमा उपलब्ध हुनेछ। ३ जीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १३ हजार रहेको कम्पनीले जनाएको छ।


























