रौतहट, फागुन १४ । बेमौसमी वर्षा र असिनाले रौतहटमा करिब १५ करोड बराबरको काँचो ईटा नष्ट भएको छ। मंगलबार वर्षाले ईटा भट्टाका सुकाएर पोल्न राखेको ठूलो परिमाणको काँचो ईटा गलेर नष्ट भएको हो।
ईटा उत्पादक ब्यवसायी संघ रौतहटका अध्यक्ष रामविनोद साहले जिल्लामा सञ्चालनमा रहेका १६१ ईटा उद्योगमा बेमौसमी वर्षाले १५ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको बताए।
अन्य ब्यापार तथा उद्योगमा उत्पादनको बिमा गर्ने ब्यवस्था हुने भएर ब्यवसायीलाई यस्ता नोक्सानले खासै फरक नपर्ने भए पनि काँचो ईटाको बिमा नहुँदा ब्यापारीलाई ठूलो मर्का हुने गरेको उनको भनाइ छ।
त्यसैगरी बेमौसमी वर्षाले किसानले लगाएको मुसुरो लगायत दलहन बालीमा समेत ठूलो क्षति भएको छ।
Facebook Comments


























