काठमाडौं, फागुन ११ । सहिद स्मार ‘बी’ डिभिजन लिग फुटबलमा ब्वाइज युनियन क्लबले विजयी सुरुवात गरेको छ। आइतबार एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा श्री कुमारी क्लबलाई २–० गोल अन्तरले हराएको हो। ब्वाइजलाई जित दिलाउन वर्तमान राई र प्रदीप बोगटीले एक–एक गोल गरे।
खेलको ३९ औँ मिनेटमा वर्तमानले गोल गर्दै ब्वाइजलाई अग्रता दिलाएका थिए। ७६ औँ मिनेटमा प्रदीपले गोल गर्दै ब्वाइजलाई २–० को जित दिलाए।
जितसँगै ब्वाइजले पहिलो खेलमा महत्त्वपूर्ण ३ अंक जोडेको छ। श्री कुमारीले भने पहिलो खेलमा नै पराजय भोग्नु परेको हो।
Facebook Comments


























