फागुन ९ । आईसीसी महिला विश्वकप क्रिकेट आजदेखि शुरु हुँदैछ। अस्ट्रेलियामा भइरहेको विश्वकपको उद्घाटन खेलमा भारतीय महिला टोलीले घरेलु महिला टोलीको सामना गर्नेछ।
नेपाली समयअनुसार खेल बेलुकाको सात बजे सिड्नी रंगशालामा शुरु हुनेछ। विश्वकपमा सबैभन्दा धेरै उपाधि जित्दै शीर्ष स्थानमा रहेको अस्ट्रेलियाविरुद्ध अंक खोज्ने लक्ष्यसहित भारतीय महिला टोली मैदान उत्रिनेछ।
विश्वकपमा अस्ट्रेलिया, भारत, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, वेष्ट इन्डिजसहित १० टोली सहभागी छन्।
महिला विश्वकप सन् २००९ देखि शुरु भएको थियो। जसमा अहिलेसम्म अस्ट्रेलियाले ४ पटक विश्वकपको उपाधि उचालेको छ भने इङ्ग्ल्यान्ड र वेष्ट इन्डिजले समान एक–एक पटक उपाधि उचालेको हो।
।महिला विश्वकपमा भारत भने फाइनलसम्म पनि पुग्न सकेको छैन्।
Facebook Comments

























