सिरहा, फागुन ९ । सिरहाको कल्याणपुरमा पोखरीमा डुवेको अवस्थामा एक बालकको शव फेला परेको छ। सिरहाको कल्याणपुर नपा ३ इटारीपर्साहीका राजकुमार मण्डलको छोरा ३ वर्षि अयुष मण्डल आज शुक्रवार विहान पोखरीमा मृत फेला परेको हो।
हिजो छिमेकीको विवाह रहेकाले कतिखेर हराएको भन्ने एकीन नभएपनि साँझमा बच्चा खोज्दा फेला नपरेको स्थानीय जगदिश मण्डलले बताए।
बच्चा नभेटिएपछि रातभरी खोज तलास गरेपनि विहानमात्र पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी विनोद अधिकारीले जानकारी दिए।
डिएसपी अधिकारीले अहिले सम्म बच्चा आफै खेल्दै जाने क्रममा डुवेको हुन सक्ने अनुमान गरेपनि घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए।
Facebook Comments


























