काठमाडौँ, फागुन ९ । देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।
पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर शुक्रबार राति आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।
Facebook Comments

























