काठमाडौं, फागुन ८ । साझा पार्टीले सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे निश्पक्ष छानबिन गर्न माग गरेको छ। पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्री बाँस्कोटालाई बर्खास्त गर्नसमेत भनिएको छ।
‘आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बाँस्कोटालाई तुरुन्तै बर्खास्त गरेर निश्पक्ष छानविन गर्न प्रधानमन्त्रसँग जोडदार माग गर्दछ’, प्रवक्ता आचार्यले लेखेका छन्।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सन्दर्भमा बिचौलियासँग कमसिनको कुरा गरेको र अश्लिल शब्द समेत प्रयोग गरेको अडियो बिहीबार सार्वजनिक भएको छ।
Facebook Comments


























