कैलाली, फागुन ७ । कैलालीको टीकापुर नगरपालिका–७ सत्तीमा आगलागीमा परेर ७० वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको छ।
सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा भैँसी चराउन गएका उहाँको जलेर मंगलबार मृत्यु भएको प्रहरी कार्यालय टीकापुरले जनाएको छ। रासस
Facebook Comments


























