काठमाडौं, फागुन ४ । नेपाल राष्ट्र बैंकले सोमबार २ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
९१ दिने अवधिका लागि बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ। ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ।
बैंकले यसअघि माघ २७ गते १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
Facebook Comments


























