काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपि शर्मा ओलीले देशको आर्थिक वृद्धिदर बढेको दाबी गरेका छन्। संसदमा सरकारको दुई वर्ष पुगेको अवसरमा संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नेपाल उच्च आर्थिक वृद्धिदर ल्याएको १० औँ पङतीमा रहेको बताएक छन्।
उनले गरिब भएकाले त्यस्तो नदेखिएको बताए। गणतन्त्र स्थापनापछिको एक दशकसम ४ प्रतिशत मात्र आर्थिक वृद्धिदर भएकोमा अहिले ६.५ प्रतिशत भन्दा धेरै भएको र गत साल ७.५ पुगेको बताए। उनले आर्थिक वृद्धिदरमा आएको सुधार आएसँगै नेपालमा गरिबीको चपेटाबाट उन्मूलन गर्ने बताए।
गरिबी निवारण मात्रै नभएर उन्मूलन नै गर्ने अभियानमा लागेको जिकिर गरे। सबै प्रदेशको आर्थिक वृद्धिदर समान भएको दाबी गरे। आर्थिक वृद्धिदरकै कारणले रोजगारीको वृद्धिदर पनि धेरै हुँदै गएको बताए। पछिल्लो समय पहिलाको बेरोजगार बाँकी भए पनि अहिले बेरोगजार थप नभएको जिकिर गरे। शिक्षालाई सिप र प्रविधिसँग जोडेर पनि रोजगार वृद्धिमा जोड पुगेको बताए। बैकिङ सेवामा पनि स्थानीय स्तरसम्म पुगेको बताए।
सबैले खोलै बैँक खाता अभियानले प्रभावकारी बन्दै गएको बताए। राजस्व र करबाट संकलित रकमबाट सरकारले राम्रोसँग विकास निर्माणको काम गर्न सकेको दाबी गरे।
























