काठमाडौँ, फागुन २ । राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य उपाध्यायको शुक्रबार बिहान निधन भएको थियो। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।
तर सांसद उपाध्यायको निधन भएपछि शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भयो। अब भोलि (शनिबार) बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने बताइएको छ।
Facebook Comments






















