काठमाडौं, माघ २७ । चीनको वुहान क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार उदासीन देखिएको भन्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आपत्ति जनाएका छन्।
कोराना भाइस संक्रमणको त्रासमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकार संवेदनशील नरहेको उनले आरोप लगाए। विज्ञप्तिमार्फत् उनले सरकारसँग प्रश्न गरे, ‘किन सरकार संवेदनशील नभएको ? मानवता खोई ?’
राज्यको अनुभूति नागरिकलाई प्रत्याभूति दिन छिटो तत्परता देखाउन उनले सरकारसँग आग्रह गरे। चीनको हुवेइ प्रान्तमा रहेका १८१ नेपाली संक्रमणको त्रासमा छन्।
उक्त क्षेत्रमा रहेका आफ्ना नागरिकले अन्य देशले फिर्ता गरेपनि नेपालीहरु भने सरकारको पर्खाइमा छन्। हुवेइमा रहेका नेपालीलाई घर फर्काउन उनीहरुका परिवारले समेत सरकारसँग हारगुहार गरिसकेका छन्।
Facebook Comments


























