वीरगञ्ज, माघ २५ । पर्सामा धाराको छेउमा पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ गोडपसरा बस्ने संजय चौधरीकी दुई वर्षीया छोरी रिया चौधरीको खाल्डोमा डुबेर ज्यान गएको हो।
आफ्नै घरको धाराको पानी जमेको खाल्टोमा छोरी डुबिरहेको देखेपछि बालिकाकी आमा रोक्सना चौधरीले तत्कालै पानीबाट बाहिर निकालेकी थिइन्।
बालिकालाई उपचारका लागि सिमरास्थित अल्पाइन अस्पताल लगएिकोमा चिकित्सकले मृत घोषण गरेका थिए।
घटनास्थलको प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Facebook Comments

























