पर्सा, माघ २३ । वीरगञ्जस्थित माइतीमा बस्दै आएकी एक महिलाको जलेर मृत्यु भएको छ। बिरगंज महानगर पालिका १७ अलौमा माइतीघरमा बस्दै आएकी हिरालाल कानुकी श्रीमती वर्ष ४५ की बच्चा देवीको घुर ताप्ने क्रममा जलेर मृत्यु भएको हो।
उनको उपचारको क्रममा बिरगंजको नेशनल मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ। मृतक बच्चा देबि गत पुस २७ गते घरको आंगनमा आगो ताप्ने क्रममा जली गम्भीर घाईते भएकी थिइन्।
मृतक बच्चा देबिको शव परीक्षणपश्चात परिवारको जिम्मा लगाइएको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
Facebook Comments

























