कास्की, माघ २३ । दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष मिलन गुरुङ जेलबाट छुटेका छन्। उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटी तिरेर मिलन छुटेका हुन्।
मिलनलाई फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए। बैकिङ कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो।
यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बे वास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए। मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए।
प्रहरीले मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो। उनी साधारण तारिखमा छुटिसकेका छन्।
Facebook Comments

























