दाङ, माघ २२ । इलाका प्रहरी कार्यालय गढवाले ७० क्यूफिट सालको काठ बरामद गरेको छ।
प्रहरीले बुधबार राति करिब एक बजे राजपुर गाउँपालिका वडा नम्बर १ माररिखोला बुकीडाँडा सामुदायिक वनबाट सालको काठ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिए। अवैध रुपमा काठ कटानी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो।
बरामद गरिएको काठ कसको हो, त्यो बारे थप अनुसन्धान भैरहेको छ। काठको मुचुल्का बनाई डिभिजन वन कार्यालय देउखुरी लमहीलाई बुझाउने तयारी भइरहेको छ।
Facebook Comments

























