काठमाण्डौं, माघ सोमबार (हिजो) साँझबाट सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको छ। तस्वीर कुन हो भन्ने तपाईंले पनि भेउ पाउनु भयो होला।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दयाँबायाँ नेकपाका दुई नेतालाई राखेर आफूले बाँसुरी बजाएको र दुई नेताले सारङ्गी रेटेको तस्वीर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको हो।
सोमबार बालुवाटारमा आयोजना भएको ‘सारङ्गी साँझ’ कार्यक्रमको एक तस्वीर भाइरल बनेको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा प्रधानमन्त्री, मन्त्रीहरु, नेकपाका सचिवालयका नेताहरु सहभागी भएका थिए।
सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाएको कला प्रतिष्ठानका महासचिव डा.देवी नेपालले जानकारी दिए। ‘‘पहिले उहाँले एक्लै सारङ्गी बजाएका थिए’, डा.नेपालले भने, ‘‘त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाएका थिए।’
डा.नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए। पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मको १० प्रकारका धुन सो अवसरमा बजाइएको थियो।
सामाजिक सञ्जालमा सोमबार साँझबाट भाइरल बनेको उक्त तस्वीरलाईं धेरैले विरलै देखिने तस्वीरको रुपमा व्याख्या गरेका छन्। भने कतिपयले यसको आलोचनासमेत गरेका छन्।
पूर्व माओवादी खै ?
सामाजिक सञ्जालमा ओली बाँसुरी तथा खनाल र नेपालले सारङ्गी बजाएको तस्वीरमा पूर्व माओवादी खेमा नेताहरु किन नभएको भन्दै कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पार्टी एकताका विषयमा समेत प्रश्न गरेका छन्। मञ्चमा पूर्व एमाले नेताहरुमात्र देखिएको उनीहरुको भनाइ छ।
प्रचण्ड उपत्यका बाहिर रहेका कारण कार्यक्रममा सहभागी नभएको जनाइएको छ।
कतिपयले बालुवाटार दैनिक मोजमज्जामा लागेको आरोप समेत लगाएका छन्। अघिल्ला दिन नेकपाका केन्द्रीय नेतालाई भोज खुवाइएको बालुवाटारमा भोलिपल्ट बाँसुरी बजाइएको भन्दै आलोचना गर्नेहरु पनि छन्। देश विकास भन्दा प्रधानमन्त्री, मन्त्री र नेताहरु रमाइलोमा लागेको उनीहरुको आरोप छ।
सम्राट निरोसँगको तुलना
सामाजिक सञ्जालमा आलोचकहरुले भने प्रधानमन्त्री ओलील र नेकपाका नेताहरुलाई तत्कालीन रोमका सम्राट (राज) निरोसँग तुलनासमेत गरेका छन्।
‘रोम सहर जल्दा नि साम्राट निरो बाँसुरीको धुनमा मग्न थिए, रोम जलिरह्यो उनी बाँसुरी बजाइरहे’ सँग उक्त तस्वीरलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले तुलना गरेका छन् ।
को थिए निरो ?
सामाजिक सञ्जालमा धेरैले निरोबारे उल्लेख गरेका छन्। रोम जलिरहँदा निरो बासुरीमा मस्त भएजस्तै नेपालमा विकास निर्माण नहुँदा ध्वस्तको स्थितिमा पुगेको बेलामा बालुवाटारमा शासकहरु भने बाँसुरी बजाउन व्यस्त भएको र यो रोमका सम्राट निरोसँग तुलना योग्य रहेको सामाजिक सञ्जालमा बताउनेको संख्या कम छैन्। आखिर को थिए निरो ? जसको चर्चा अहिले भइरहेको छ।
मानव सभ्यताको केन्द्र नै मानिसने रोममा निरो सन् १९५४ देखि १९६८ सम्मसम्राट थिए। १९ जुलाई १९६४ का दिन रोमको व्यापारिक क्षेत्रबाट सुरु भएको आगोले चाँडै पूरै रोम नष्ट गरेको थियो।
रोमका १४ मध्ये १० जिल्लामा ६ दिनसम्म आगो दन्किरह्यो। तीन जिल्ला पूर्णरुपमा सखाप भयो। इतिहासकारहरुका अनुसार रोम जलिरहँदा सम्राट निरो आफ्नो दरबारमा बाँसुरी बजाइरहेका थिए। उनी गीतसंगीतका सौखिन थिए । त्यो विनासकारी आगलागी ६ दिन पछिमात्र नियन्त्रणमा आएको थियो। त्यतिन्जेलसम्म आधाभन्दा बढी रोम जलिसकेको थियो।
रोममा आगलागी भएर सकिन लागेको उनलाई दरबारमा सूचना पुर्याउँदा पनि उनी बाँसुरीको धुनमा मस्त रहेको बताइने गरिएको छ। तर कतिपयले भने रोममा आगलागी हुँदा उनी शहरमा नै नभएको पनि बताउने गरेका छन्।
केही इतिहासकारले भने निरोकै योजनामा सहरमा आगो लगाइएको थिए। किनकी उनी रोमलाई पुनर्निमार्ण गर्न चाहन्थे।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











