काठमाण्डौं, माघ २२ । आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको पाँचौं विकेट लिएको छ। टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले १८ दशमलव ६ ओभरमा पाँचौं विकेट गुमाएको हो।
नेपालका लागि सुशन भारीले १ बलको फरकमा लगातार २ विकेट लिए।
नेपालका लागि करन केसीले सुरुवाती २ विकेट लिएका थिए भने तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीले ओमानका आकिब इलियासलाई रन आउट गरे।ताजा अवस्थामा ओमानले १९ ओभरमा ५ विकेट गुमाएर ५७ रन जोडेको छ।
लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ। एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो।
त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ। यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ।
Facebook Comments


























