काठमाण्डौं, माघ २१ । आज विश्व क्यान्सर दिवस, हरेक वर्ष फरवरी ४ मा मनाइने क्यान्सर दिवसका अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरिँदैछ।
क्यान्सर सोसाइटी नेपालले काठमाडौँमा सचेतना र्यालीको आयोजना गर्दैछ। बिहान ११ बजे तीनकुनेबाट माइतीघरसम्म सचेतना र्याली निकालिने समाजका अध्यक्ष रामनाथ मैनालीले जानकारी दिएका छन्।
यस वर्षको क्यान्सर दिवसको नारा ‘म हुँ र म गर्न सक्छु’ “I AM AND I WILL” रहेको छ। नेपालमा प्रत्येक वर्ष क्यान्सर रोगबाट हजारौँ मानिसले ज्यान गुमाउनु परिरहेको छ।
यो रोगको उपचारका लागि नेपाल सरकारले केही राहतका कार्यक्रम ल्याए पनि त्यो पर्याप्त नरहेको समाजले जनाएको छ।
समयमा पत्ता लागे यो रोग निको हुने कुरा प्रमाणित भइसकेको भए पनि अन्धविश्वासका कारण नेपाली समाज क्यान्सरसँग रुमल्लिरहेको र पीडा भोगिरहेको अध्यक्ष मैनालीले उल्लेख गरेका छन्।
यो रोगले धनी, गरिब, जात, वर्ग, लिंग तथा उमेर नहेर्ने भएकाले यसको समाधानको विकल्प नरहेको उनले बताएका छन्।


























