पर्सा, माघ २० । पर्सामा आइतबार राति १० केजी गाँजासहित १ लाख ८० हजार नगद प्रहरीले बरामद गरेको छ। पर्साको पटेर्वासुगौली गाउँपालिका १ मलाही टोलका उमेश सहनीले लुकाई छिपाई राखेको १० केजी गाँजा र १ लाख ८० हजार नगद बरामद गरेको हो।
विशेष सूचनाका आधारमा पर्साका प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाको नेतृत्वमा गएको प्रहरी टोलीले घरको खानतलासी लिई अवैध लागुऔषध गाँजा १० केजी र १ लाख ४८ हजार नेपाली र २० हजार भारतीय नोट बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए। गाँजा भने घर नजिकैको चर्पी छेउमा लुकाइ राखेको अवस्थामा फेला परेको उनको भनाइ छ।
प्रहरी ४५ वर्षीय सहनीको घरमा पुगेपछि उनी घर पछाडिको ढोकाबाट भागेका थिए। प्रहरी उनलाई पक्राउ गर्न नसके पनि बरामद सामान बोकेर फर्किएको पर्सा प्रहरीले जनाएको छ।
Facebook Comments

























