काठमाण्डौं, माघ १९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सङ्कटा क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ। दशरथ रङ्गशालामा भएको खेलमा सङ्कटाले हिमायन शेर्पालाई १–० गोलअन्तरले पराजित गरेको हो। सङ्कटाले १० खेलमा १५ अङ्क जोडेको छ।
अजयी मार्टिन्सले सङ्कटाका लागि निर्णायक गोल गरे। उनले खेलको २१औँ मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै सङ्कटाका लागि निर्णायक गोल सावित भयो। जितसँगै सङ्कटा छैठौँ स्थानमा उक्ललिएको छ। समान १० खेल पूरा गरेको हिमालयन शेर्पा सात अङ्कका साथ अङ्क तालिकाको बाह्रौँ स्थानमा छ।
Facebook Comments


























