काठमाण्डौं, माघ १९ । प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट अवैध र अनैतिक कार्यमा संलग्न ७३ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको ‘स्वीप अपरेसन’का क्रममा ७३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी रहेका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागू औषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























