काठमाण्डौं, माघ । ललितपुरको थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबविरुद्ध सानदार जित निकालेको छ। दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई ४–० गोलले हरायो।
थ्रीस्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे। जारी लिगमा सन्जोगको यो पहिलो ह्याट्रिक हो। अर्को गोल लाल रामवाले गरे। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रीस्टारले सबै गोल दोस्रो हाफमा गरेको थियो। भारतीय खेलाडी लाल रामवाले ४९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।
सन्जोगले ५७ औं, ६० औं र ७१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे। म्यान अफ दी म्याच भएका सन्जोगले १० हजार रुपैयाँ पुरस्कार पाए। जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ। थ्रीस्टारले १० खेलबाट १७ अंक बनाएको छ। समाना खेलबाट चार अंक बनौको सरस्वती अन्तिममा छ।


























