काठमाण्डौं, माघ १८ । चीनको उहानमा रहेका नेपाली सुरक्षित रहेका छन्। उहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ।
चीनको विदेश मन्त्रालयले उहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको आज एक विज्ञप्ति जारी गरेर जनाएको छ। यहाँस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ।
साथै चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्नेछन्। रासस
Facebook Comments

























