चितवन, माघ १८ । पहिलो संस्करणको सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार एक खेल हुँदैछ। नारायणगढको क्याम्पाचौरमा हुने खेलमा आज माडी टाइगर्स र सौराहा स्याण्ड्स भिड्नेछन्। खेल मध्यान्ह बजे हुनेछ। माडी किशोर महत्तो र सौराहा सन्तोष न्यौपानेको कप्तानीमा मैदान उत्रनेछ।
यस अघी शुक्रबार सम्पन्न उद्घाटन खेलमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज जीत हात पारेको थियो। भरतपुरले इच्छाकामना वारीयर्सलाई पराजित गर्दै बिजयी सुरुवात गरेको हो।
२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ।
Facebook Comments