माघ १७ । विगान एथ्लेटिकका डिफेन्डर एन्टोनी रोबिन्सन ईटालियन जायन्ट एसी मिलानमा अनुबन्धन भएका छन्। ईङ्ल्याण्डको दोस्रो डिभिजन क्लबका डिफेन्डर १० मिलियन पाउण्डमा एसी मिलान आएका हुन्।
सिरि ए क्लबले २२ बर्षका डिफेन्डरसंग केही हप्तादेखि छलफल गरिरहेको थियो। तर खेलाडी सरुवाले बिहिबार अन्तिम रुप पाएको हो। सन् २०१९ मा उनी एभर्टनबाट तीन बर्षका लागि लोनमा विगानमा आएका थिए।
रोबिन्सनले ११ बर्षको उमेरमा एभर्टनमा आएका थिए। तर उनले पहिलो टिमबाट खेल्न पाएनन्। उनी सन् २०१८ का समरमा लोनमा विगान आएका थिए।
विगानका प्रशिक्षक पाउल कुक रोबिन्सनलाई गुमाउन चाहदैन थिए। क्लब रेलिगेशन जोनमा रहेको अवस्थामा रोबिन्सनको स्थानान्तरले क्लबलाई थप घाटा पर्नेछ।