काठमाण्डौं, माघ १७ । नेकपाको जारी केन्द्रीय समिति बैठकको समुहगत छलफलका लागि १० नम्बर टोलीको समुह नेता युवराज चौलागाई छानिएका छन्। बिहीबार १० नम्बर समुहको टोली नेता चयनमा विवाद भएपछि शुक्रबार चौलागाई टोली नेता चयन भएका हुन्।
नेता युवराज ज्ञवालीले शुक्रबार बिहान सहमतिका आधारमा चौलागाईलाई टोली नेता चयन गरेको र उनलै समुहमा भएको छलफलको निश्कर्षको प्रस्तुति दिने जानकारी दिए।
बिहीबार सो समुहको टोली नेता चयनमा विवाद भएपछि लागि नेताहरु युवराज ज्ञवाली, महेश बस्नेत, यज्ञराज सुनुवार, महबुज अन्सारी र यशोदा अधिकारीले सहजीकरण गरेका थिए।
Facebook Comments


























