काठमाण्डौं, माघ १६। राष्ट्रिसभा अन्तरगत विधायन समितिले पारित गरेको पत्रकारको परीक्षासम्बन्धी प्रावधानलाई राष्ट्रियसभाले हटाउने गृहकार्य थालेको छ। अब परीक्षासम्बन्धी दफालाई हटाएर मात्र मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पठाइने भएको छ।
तीन दिनअघि विधायन समितिको बैठकले पत्रकारले काउन्सिलमा परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रतिवेदन तयार पारेर राष्ट्रियसभालाई बुझाएको थियो।
पत्रकारलाई परीक्षा दिने व्यवस्था मिडिया काउन्सिल विधेयकमा राख्न नहुने अडान सञ्चारमन्त्री गोकुल बास्कोटाले समेत राखेका थिए। तर, नेकपाकै सांसदहरुको जोडबलमा परीक्षासम्बन्धी प्रावधान पारित भएको थियो।
विधेयक तयार पार्ने सञ्चार मन्त्रालयसमेत परीक्षाको विपक्षमा रहेकाले समितिबाट आएको सुझावलाई सच्याउन लागिएको राष्ट्रियसभा सचिवालय स्रोतले बताएको छ।
Facebook Comments