माघ १६ । विश्व नम्बर एक एस्लेइघ बार्टी अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलबाट बाहिरिएकी छिन्। मेलबर्नमा बिहिबार भएको सेमिफाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनसँग पराजित हुँदै बार्टी बाहिरिएकी हुन्।
१४ औं वरियताकी केनिनले अष्ट्रेलियन बार्टीलाई ७-६ ९८-६० र ७-५ को सेटमा पराजित गरिन्। यससँगै केनिन पहिलोपटक ग्राण्डस्लाम टेनिसको फाइनलमा पुग्न सफल भएकी छिन्।
अब केनिनले उपाधिका लागि सिमोना हालेप र गार्बिन मुगुरुजाबीचको विजेतासँग खेल्ने छिन्। एजेन्सी
Facebook Comments