काठमाण्डौं, माघ १२ । अग्नि सापकोटालाई सभामुख बनाउन थालिएको प्रकृया रोक्न आदेश माग्दै परेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने बताएका छन्।
सापकोटामाथि लागेको हत्या आरोपसम्बन्धी रिट अदालतमा विचाराधीन भएकाले उनलाई सभामुखमा निर्वाचित गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट फुयाँलको इजलासमा परेको छ।
यसअघि सापकोटा विरूद्ध सुशील प्याकुरेल लगायतले हालेको रिटमा बहस गरेकाले आफूले यो रिट हेर्न नमिल्ने उनले बताइसकेका छन्। उनले यो रिट आफूले हेर्न मिल्दैन भनेको भनेको अदालत स्रोतले जनाएको छ।
Facebook Comments


























