काठमाण्डौं, माघ १२ । काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन्।
शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो।
प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ। पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ।