काठमाण्डौं, माघ १० । कास्की प्रहरीले प्रदेश सांसद दीपक मनाङ्गेलाई थुनामा राखेर अनुसन्धान गर्ने म्याद लिन जिल्ला प्रशासन कार्यालय लगेको छ। कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालय लगिएको जानकारी दिए।
कास्की सिडियोले अभद्र व्यवहार कसुरमा थुनामा राखेर आवश्यक अनुसन्धान गर्न उचित लागे प्रहरीलाई म्याद दिनेछन्। प्रहरीले मनाङ्गेलाई बिहीबार लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो।
अखिल नेपाल फुटबल संघ कास्की अध्यक्ष मिलन गुरुङलाई पिटेको आरोपमा मनाङ्गे पक्राउ परेका हुन्। गुरुङले दीपकविरुद्ध उजुरी दिएका थिए। फुटबल विवादमा मनाङ्गेले गुरुङमाथी हातपात गरेका थिए।
Facebook Comments


























