काठमाण्डौं,माघ ९ । अनमोल केसीको फिल्म ‘एन्टी हिरो’ मा जसिता गुरुङ अनुबन्ध भएकी छिन्। बुधवार फिल्मका निर्माता भुवन केसीले जसितालाई अनमोलको अपोजिटमा अनुबन्ध गरेका हन्।
एक्सन लभस्टोरी जनरामा निर्माण हुने यो फिल्ममा भारतीय निर्देशकको निर्देशन रहने जनाइएको छ। भुवन केसीका अनुसार फिल्मको छायांकन आउँदो वैशाखबाट थालिनेछ । साथै फिल्ममा भुवनले पनि शीर्ष भूमिका निभाउनेछन्।
सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुने यो फिल्ममा अनमोल र जसिताको जोडी पहिलोपटक देख्न पाइनेछ। यसअघि जसिताले प्रदीप खड्कासँग जोडी बाँधिसकेकी छिन्। अनमोलसँगै डेब्यु भएका नायिकाहरु पनि पछिल्लो समय चर्चामा छन्।