माघ ९ । जब तपाईंआफैसँग खुसी हुनुहुन्छ र आफैलाई माया गर्नुहुन्छ तपाईंले आफूलाई अरुसँग तुलना गर्न छाड्नुहुन्छ र आत्मविश्वास बढाउन सक्नुहुन्छ। आफैलाई प्रेम गर्न थाल्नुभयो भने अरुले के सोच्छन भन्नेबारेमा चिन्ता लिन छाड्नुहुन्छ।
के तपाईंले आफूले आफैलाई माया गर्नुहुन्छ भनेर इमान्दारीपूर्वक भन्न सक्नुहुन्छ ? कतै तपाईंलाई आफैसँग खुसी हुन धेरै कठिन त भैरहेको छैन ? आफु स्वयमलाई प्रेम गर्ने कुरा तपाईंलाई उति काइदाको नलाग्न सक्छ। जबकी यो तपाईंले आफ्नो लागि गर्न सक्ने सबैभन्दा राम्रो कुरा हो।
आफैसँग प्रेम गर्नाले तपाईंमा आत्मविश्वास बढ्छ, तपाईंले आत्म सन्तुष्टी पाउनुहुन्छ र यसले तपाईंलाई सकरात्मक बन्न पनि सहयोग गर्छ। तपाईंलाईआफैसँग प्रेममा पर्न पहिले आफ्नो बारेमा सोच्न थाल्नुपर्छ।
आफै रमाउनुहोस्
केही दिनको लागि समय छुट्याउनुहोस् र केहि नयाँ कुरा गर्नुहोस जसले तपाईंलाईमज्जा आँउछ। यसो गर्नाले तपाईंआफैसँग रमाउन सक्नुहुन्छ र तपाईंमा आत्मविश्वास बढ्छ । तपाईंएक्लै कुनै सिनेमा हेर्न जान सक्नुहुन्छ वा एक्लै कतै घुम्न निस्कन सक्नुहुन्छ।
कम्तीमा वर्षको एकपटक भ्रमण गर्नुहोस्
यो तपाईंको सुविधाको क्षेत्रभन्दा बाहिरको कुरा होला तर, यो धेरै नै राम्रो कुरा हो। यदि तपाईंआफ्नो हिसाबले घुम्न सक्नुभयो भने तपाईंले आफ्नो प्रेम अनुभव गर्न सक्नुहुन्छ। तपाईंले आफ्नो बारेमा मात्रै हैन अन्य सँस्कृतिको बारेमा पनि नयाँ कुराहरु जान्न सक्नुहुन्छ। यसले पनि व्यस्त जीवनबाट केहि दिनको लागि भएपनि छुटकारा दिन्छ।
आफ्नो गल्तीको लागि आफैलाई माफी दिनुहोस्
कहिलेकाहीँ हामीबाट कुनै भुल वा गल्ती हुन सक्छ तर तपाईंले त्यसलाई माफी दिने र बिर्सने गर्नुपर्छ। यदि तपाईंले केही गलत रोजाइ गर्नुभयो भने पछि तपाईंले आफ्नो रोजाइलाई माफी दिन सक्नुहुन्छ र तपाईंले पुराना कुराहरुलाई बिर्सन सक्नुहुन्छ। गल्तीको बाबजुद पनि आफैलाइ माया गरेमा तपाईंले आत्मसम्मान महसुस गर्न सक्नुहुन्छ।
सबै कुरामा कोही पनि पूर्ण हुँदैन भन्ने सोचौं
कोही पनि केहि पनि कुरामा पूर्ण हुँदैन र तपाईंले आफुलाई पनि यस्तो हुनको लागि अपेक्षा गर्न सक्नुहुन्न। केहि कुराहरु हुन्छन जुन हामीले राम्रोसँग गर्न सक्दैनौं तर त्यसलाई स्विकार गर्नको लागि धेरैलाई धेरै गाह्रो हुनसक्छ।
अरुलाई नाई भनेर आँफैलाई माया गर्न सिक्नुहोस्
कहिलेकाहीँ हामी अरुको लागि धेरै कुराहरु गर्छौं। हामीलाई अरुलाई दुखी बनाउन मन लाग्दैन र आँफैलाई दुख दिएर अरुलाई सक्नेजति सहयोग गर्छौं। हामी आफ्नो बारेमा भने सोच्न पनि भुल्छौं। त्यसैले कहिलेकाँही अरुलाई हुँदैन भन्न पनि सक्नुपर्छ आफ्नो काममा केन्द्रित हुनुपर्छ।
आफ्नो उपलब्धीको सूची बनाउनुहोस्
तपाईंले अहिलेसम्म हासिल गरेको कुराहरुको सूची बनाउनु पनि आफैलाई प्रेम गर्ने एक राम्रो तरिका हो। यसले तपाईंलाई आफू राम्रो लाग्न थाल्छ र तपाईंले जे हासिल गर्नुभएको त्यसले तपाईंलाई खुसी दिन्छ। कहिलेकाहीँ नकरात्मक कुराहरु सोचेर हामी सकरात्मक कुराहरु बिर्सन पनि सक्छौं। त्यसैले यो तपाईंलाईआफ्नो बारेमा सम्झाउने राम्रो तरिका हो।
आफ्नो लक्ष्य निर्धारण गर्नुहोस्
आफ्नो लक्ष्य निर्धारण गर्नाले तपाईंलाईआफ्नो भविष्यको राम्रो बनाउनको लागि उत्साहित बन्नुहुन्छ। तपाईंआफ्नो सपनामा केन्द्रित भएर आफ्नो जीवनलाई र आफूलाई माया गर्न थाल्नुहुन्छ।
नयाँ कुरामा रुची लिनुहोस्
तपाईंले पहिले देखि नै गर्न चाहेको तर नपाएको वा केहि कुरा गर्न तपाईं डराउनु भएको थियो भने अब नयाँ काम गर्नु धेरै नै राम्रो कुरा हो।केहि नयाँ कुरा अनुभव गरेमा तपाईंत्यसमा रमाउन पनि सक्नुहुन्छ । वा तपाईं जान चाहनुभएको कुनै ठाँउमा जान सक्नुहुन्छ।
आफैलाई चुनौती दिनुहोस्
यदि तपाईंले आफैलाई चुनौती दिनुभयो भने तपाईंले आफूलाई चिन्न सक्नुहुन्छ। यसबाट तपाईंके कुरामा राम्रो हुनुहुन्छ भन्ने करा थाहा हुन्छ। यदि तपाईं रुचीको लागि मात्रै गाउने गायक हुनुहुन्छ भने तपाईंले कुनै कार्यक्रममा गाउन सक्नुहुन्छ। यसले तपाईंलाई चुनौती दिनाको साथै आत्मविश्वासी पनि बनाउँछ।
कामको बीचमा विश्राम लिनुहोस्
कामको तनाव भएको बेलामा तपाईंले मात्रै केहि मिनेटको लागि मात्रै भने पनि विश्राम लिन सक्नुहुन्छ। तपाईंको व्यस्त जीवनशैली र कामबाट एकछिन मात्रै विश्राम लिएरमा पनि तपाईंलाई धेरै नै आनन्द महसुस हुन्छ। यसले तपाईंलाईताजगी प्रदान गर्छ र तपाईंमा झनै स्फूर्ती बढ्छ। विश्राम लिएर तपाईंध्यान गर्न सक्नुहुन्छ वा पुस्तक पढ्न सक्नुहुन्छ।
कुनै उपलब्धीमा खुसीयाली मनाउनुहोस्
तपाईंआफ्नो उपलब्धीमा खुसीयाली मनाउन सक्नुहुन्छ। तपाईंले साथीहरुलाई आफुले के के गरेँ भनेर भन्न सक्नुहुन्छ र आफ्नो अनुभवहरु बाँड्न सक्नुहुन्छ। तपाईंले राम्रो काम गरेकोमा आफैलाई श्रेय दिन वा प्रशंसा गर्न सक्नुहुन्छ।
आफ्नो विश्वास गर्नुहोस्
आफैलाई प्रेम गर्ने एक तरिका तपाईंआफैले विश्वास गर्ने हो। तपाईं आफ्नो मान्यताहरुमा दृढ हुनुपर्छ। तपाईंले आफूलाई के राम्रो हुन्छ जस्तो लाग्छ त्यो काम गर्नुपर्छ। आत्मविश्वासलाई तपाईंले गुमाउनुहुँदैन। तपाईंले आँफैलाई विश्वास गरेपछिमात्रै अरुले पनि तपाईंलाईविश्वास गर्छन्।
आफ्नो ख्याल गर्नुहोस्
यो सामान्य कुरा जस्तो लाग्छ तर आफ्नो ख्याल गर्नाले तपाईंले आफुलाई प्रेम गर्न सिक्नुहुन्छ। यदि तपाईंले आफ्नो ख्याल गर्नुभयो भने तपाईंआफैमा पनि धेरै राम्रो बन्न सक्नुहुन्छ। धेरै मानिसले आफ्नो बारेमा ख्याल गरेका हुँदैनन तर आफ्नो ख्याल गर्ने बानीले तपाईंले आफूले चाहेजसरी आफ्नो जीवन जिउने कला सिक्नु हुन्छ।
























