काठमाण्डौं, माघ ९ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्।
दुबै खेल दशरथ रंगशालामा हुनेछन्। पहिलो खेलमा दिउँसो १२ बजे हिमालयन शेर्पा र थी्रस्टार क्लब भिड्दा दोस्रो खेलमा दिउँसो ३ बजे जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबको सामना गर्नेछ।
लिग तालिकामा थ्रिस्टार ११ अंकसहित पाँचौ स्थानमा छ भने हिमालयन शेर्पा क्लब ७ अंकसहित ११ औं स्थानमा रहेको छ। ९ अंक जोडेको जावलाखेल तालिकाको आठौं स्थानमा छ भने १३ औं स्थानमा रहेको एपीएफको ५ अंक छ।
हिजोको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र क्लबले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।
दुबै टोलीको समान १६ अंक भएपनि एक खेल कम खेलेको आर्मी गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहेको छ।
Facebook Comments