काठमाण्डौं, माघ ९ । मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु अक्सिजन अभावका कारण भएको पुष्टी भएको छ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार मंगलबार मृत्यु भएका ८ जनामै अक्सिजनको मात्रा कम भएको उल्लेख छ। अक्सिजनको मात्रा कम हुनुको कारण भने कार्बन मोनोअक्साइड ग्यासको विषाक्तता भएको बताइएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक मेडिसिन विभागले आठै जनाको शव परीक्षणका क्रममा दुखाईरहित मृत्यु भएको पहिचान गरेको छ।
Facebook Comments