काठमाण्डौं, माघ ७ । मलेसिया-११ विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल-११ ले १७० रनको फराकिलो जित निकालेको छ। २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया-११ ले २८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १२० रन मात्रै बनाउन सक्यो।
नेपाललाई विजयी बनाउने क्रममा किशोर महतो र ललित राजवंशीले समान ३/३ विकेट लिए। नेपालका लागि सुशन भारीले २ विकेट लिए। पराजित मलेसियका लागि अहमेत फैजले सर्वाधिक ३३ रन लिए। त्यसैगरि सायद अजिजले ३२ रन लिए।
यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल-११ ले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो। गतिलो सुरुवात गरेको नेपालले ५४ रनमा पहिलो विकेट गुमाएको थियो।
नेपाल-११ का ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रनको पारी खेले। त्यसैगरि सुवास खकुरेल ४८, सुनिल धमलाले २४ र ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले। यस्तै रोहित पौडेलले पनि नेपालका लागि अर्धशतक बनाए।
उनले ५३ रन जोडे। लोकेश बमले ३२ रन बनाउँदा बिनोद भन्डारीले २१ थपे। बाँकी खेलाडीमा पवन शरफ १२, सुसान भारी १६, किशोर महतो एक रन जोडे ।
यसअघि पहिलो खेलमा पनि नेपाल-११ विजयी भएको थियो।


























