माघ ७ । ब्रिटिश नम्बर एक महिला टेनिस खेलाडी जोहन्ना कोन्टा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन्। मेलबर्न पार्कमा मंगलबार भएको खेलमा कोन्टा ट्युनिसियाका ओन्स जाबेउरसँग पराजित भईन्।
विश्व वरियतामा १२ औं स्थानकी कोन्टालाई ७८ औं वरियताकी जाबेउरले ६-४ र ६-२ को सेटमा पराजित गरिन्। घुँडाको चोटको कारण पछिल्लो समय कोर्ट बाहिर रहदै आएकी कोन्टाको यो पछिल्लो पाँच महिना भित्र दोस्रो खेल हो। एजेन्सी
Facebook Comments


























