दाङ, माघ ४ । धरौटी बुझाएर छुटे लगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ।
नेकपाको भ्रातृ संगठन दलित मुक्ति मोर्चा दाङका जिल्ला अध्यक्ष सुरज परियार र पार्टी सदस्य वाणगंगा नगरपालिका–८ कपिलवस्तुका विष्णुबहादुर रावत जिल्ला अदालत दाङले शुक्रवार धरौटीमा छाडेको थियो। तर, रिहा हुने बित्तकै प्रहरीले पुनः पक्राउ हो।
गत असोज ३० मा नेकपा मध्य कमाण्ड ईन्चार्ज वीरजंगसहित २१ जनालाई देउखुरी राजपुर मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो। तीन महिनासम्म हिरासतमा बसेका उनीहरुलाई अदालतले जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो।
Facebook Comments


























