काठमाण्डौं, माघ १ । विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षति र्पुयाइ सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
दूरसञ्चार प्राधिकरणले बुधबार एक विज्ञप्ती जारी गर्दै दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको अवस्थामा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने जनाएको छ। तसर्थ नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावर लगायतका प्रणालीमा क्षती नपुर्याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्वन्धित सबैमा प्राधिकरणले अनुरोध गरेको छ।
पछिल्लो समय दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मोबाइल टावरमा आगजनी गरी सेवा अवरुद्ध गर्ने र भौतिक पूर्वाधारमा क्षति पुर्याउने काम हुँदै आइरहेको छ । कानुन विपरित एनसेलको मोबाइल टावरमा बेला बेला आगजनी गरी सेवा अवरुद्ध गर्ने र भौतिक पूर्वाधारमा क्षति पुर्याउने काम भई रहेको छ ।
यस्ता कारणले उपभोक्ताहरु सरकारले अत्यावश्यक भनि मानेको दूरसञ्चार सेवा प्रयोग गर्नबाट बञ्चित हुने गरेको छन् ।